2081-01-02
सम्मानीय सभामुख महोदय,
नेपाल सरकारको सतप्रतिशत लगानी रहेको, नेपाल वायुसेवा निगम, राष्ट्रिय ध्वजावाहक वायुसेवा निरन्तर घाटामा छ।
नेपाल सरकारले निगमको सुधारको लागी २०५८ सालदेवी निरातर ८/९ ओटा विभिन्न सुझाव समिती तथा कार्यदल गठन गर्दै आइरहेको छ।
website मा उल्लेख भए बमोजीम २०७६ मा पछिल्लो सुभाव कार्यदल गठन भई प्रतिवेदन पेश भएको छ। सो प्रतिवेदनमा तत्काल गर्न सकिने सुधार र दिर्घकालिन सुधारहरु प्रस्तुत गरीएका छन्।
सुझाव कार्यदल गठन गरेर प्रतिवेदन सार्वजनीक गर्नाले मात्र वायु सेवा सुधार हुँदैन । सो सुझाव के के कार्यान्वयन भयो ? के बाकी छ ? सो बारे सदनलाई जानकारी गराउनु हुन सम्माननीय सभामुख मार्फत पर्यटन मन्त्रीज्युलाई अनुरोध गर्दछु ।