Emergency Period

२०८१-०३-३१

सम्माननीय सभामुख महोदय,

  1. सर्वप्रथम त नवगठित सरकारलाई हार्दीक बधाई तथा म र सम्पुर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सफल कार्यकालको हार्दीक शुभकामना ।
  2. प्रधानमन्त्री सफल हुनु भनेको देश सफल हुनु हो । त्यसैले हाम्रो तर्फबाट सरकारलाई सुशासन र समुन्न्तीको मुद्दामा पुर्ण सहयोग रहने नै छ तर भ्रष्टाचार र वेतिथीको मुद्दामा हामी निर्मम भएर, खरो उत्रीने शैलीमा प्रस्तुत हुने नै छौँ ।
  3. तसर्थ अबको शसक्त प्रतिपक्षी भएको नाताले सरकारको प्रारम्भ मै सरकार गठनको शैद्दान्तीक जग बारे हाम्रा केही जाहेज चासोहरू छन् ।
  4. मध्यरातमा भएको दुई ठुला दलहरूको सम्झौताले यत्रो ठुलो राजनितिक उथलपुथल आएको छ, तर के सम्झौता भयो यो आम नागरिकले थाहा पाउनुपर्ने विषय भएको हुदा त्यो सहमतीलाई छिटो भन्दा छिटो सहमती पारदर्शी गरियोस , नागरिक माझ सार्वजनीक होस ।
  5. त्यस्तै, नवगठीत सरकारले समावेशीतालाई हेर्ने दृष्टिकोणबारे पनी हाम्रो जिज्ञाषा छ । मन्त्रीमण्डलको स्वरूप हेर्दा महिलाको संख्या अत्यन्तै न्युन, संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व मन्त्रीमण्डलमा देखिएन , दलित शुन्य ।
  6. त्यस्तै, स्वार्थको द्वन्द बारे सरकार कत्तिको संवेदनशील छ? मन्त्रीले व्यवसाय मिल्ने प्राधिकार ग्रहण गर्न मिल्ने कि नमिल्ने ? नियामकिय निकाय माथीको राजनितिक हस्तक्षेप र रजगज बारे सरकारको धारणा पनी हामी जान्न चाहन्छौँ । भ्रष्टाचारमा नाम मुछिएर छानबिनमा समेत नाम आएका मन्त्रीबाट सुशानको अपेक्षा कसरी गर्ने यो पनी हाम्रो गम्भीर चिन्ताको विषय हो ।
  7. त्यसैले प्रारम्भ मै, सबै नवनियुक्त मन्त्रीज्युहरूले आफ्नो सम्पत्ती विवरण सार्वजनीक गर्नुहोस भन्ने हाम्रो अपेक्षा छ ।
  8. जे होस, नयाँ सरकारले उत्कृष्ट कार्य गरोस, हाम्रो तर्फबाट शुभकामना । म फेरी दोहोर्याउन चाहान्छु, प्रधानमन्त्रीको सफलता राष्ट्रको सफलता हो , त्यसैले शुसासनका मुद्दामा सहकार्य गर्छौ तर भ्रष्टाचारका मुद्दामा हामी निर्मम हुनेछौँ ।