Articles
Articles written by Sobita, published in various publications
एउटै टोकरीमा राखेर ८० कानुन संशोधन गर्ने प्रयास किन गलत छ ?
सकारले एउटै विधेयकमा ८० वटा ऐनहरू आकर्षित हुनेगरी संशोधन प्रस्ताव गर्नु हरेक कोणबाट गलत छ । यो सरकारले संसदमाथि थोपरेको निरंकुशता पनि हो । बहुमतलाई मात्र आधार मान्दा सांसदको विवेक निषेध भइरहेको हुन्छ । यस्ता प्रयासले लोकतन्त्रको सारलाई कमजोर बनाउँछ । शक्ति पृथकीकरणको सिद्धान्त लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भ हो, जसले राज्यको एउटै निकायमा सबै शक्ति […]

कानुन नबन्दा हवाई क्षेत्रले व्यहोरिरहेको क्षति
एउटा वायुसेवाको कारण नेपाल नागरिक उड्डयन प्राधिकरण नियमनको दायरामा रहेका सबै २० वटा वायुसेवालाई कालोसूचीमा राख्ने भन्ने हुँदैन। यो गलत प्रचार र राज्यलाई गुमराह गर्ने गम्भीर अपराध हो। नेपालमै धेरै नियामक तथा सेवा प्रदायक निकाय कार्यरत छन्, जस्तै- बैंकिङ क्षेत्रमा नेपाल राष्ट्र बैंक र कमर्सियल बैंकहरू, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम लगायत दूरसञ्चार कम्पनीहरू, […]

युवाका लागि पार्ट टाइम काम, नीतिमै काम गरौं
युवाका लागि बहुआयामिक र दूरगामी फाइदा रहेका पार्ट-टाइम (अंशकालीन) काम नीति बनाउन र त्यसको कार्यान्वयन गर्न ढिला गर्नुहुँदैन। यो अध्ययन र रोजगारीका लागि विदेशिने विशाल जमातलाई स्वदेशमै रोक्ने कामको पहिलो खुट्किलो बन्नेछ। पछिल्लो तथ्यांकले नेपालमा युवाको जनसंख्या ४२-४५ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ। यो जनशक्ति कामको खोजी लगायत विभिन्न बहानामा प्रत्येक दिन विदेशिने गरेको देखिन्छ।